धनगढी ८ कैलाली क्याम्पस चोकमा विशेषज्ञ चिकित्सकहरु द्वारा गुणस्तरीय स्वास्थ्य उपचार गर्ने उद्देशका साथ सुबिधा सम्पन्न निको डेन्टल एण्ड हेल्थ केयर प्रा.लि. यहि भाद्र ८ गते देखि देखि सञ्चालनमा आएको छ । धनगढीको क्याम्पस चोकमा स्थापना भएको उक्त उपचार केन्द्रको शनिबार एक समारोहका बीच उद्धघाटन भयो ।
अनुभवी चिकित्सकहरुको टिमद्धारा खोलिएको उक्त निको डेन्टल एण्ड हेल्थ केयर प्रा.लिको सेवाबाट धेरै विरामीहरु लाभान्वित हुने बताए डा जैशीले बताए ।
अहिलेसम्म क्यामपस चोकमा यो स्तरको सेवा सुविधा सम्पन्न र विशेषज्ञ चिकित्सकहरु उपलब्ध थिएन, त्यहाका स्थानिय हरिसिंह धामीले भने, अव दाँत मुखमा मात्र नभएर अन्य समस्याका बिरामीलाइ समेत निको डेन्टल एण्ड हेल्थ केयरले नजिकै गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्नेमा आफू आशावादी रहेको जनाए ।
हाल दैनिक रुपमा पेट छाती मुटु तथा थाइराइड रोग विशेषज्ञ सेवा, जनरल सर्जरी सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ ओपिडी सेवा, दाँत मुख गिजा रोग विशेषज्ञ सेवा सुविधा सहित सुरु भएको निको डेन्टल एण्ड हेल्थ केयरका सन्चालक डा अमृत जैशीले बताउनुभयो ।